दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत
Investopaper, चैत्र १३, २०७५
नेपाल स्टक एक्सचेञ्जमा बुधबार दुई कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेका बोनस शेयर कारोबारका लागि सूचीकृत भएको छ।
नेप्सेले आज जारी गरेकाे सूचना अनुसार बैंक अफ काठमाण्डूको ९९ लाख २ हजार ५४ कित्ता र नेशनल माइक्रोफाइनान्सको ३ लाख ५ हजार २७० कित्ता बोनस सूचीकरण भएको हो ।
बोनस शेयरपछि बिओकेको चुक्ता पूँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुगेको छ । यसैगरि नेशनल माइक्रोफाइनान्स लघुवित्तको चुक्ता पूँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।
शेयर सूचीकरण पश्च्यात खातामा आइसकेपछि किनवेच गर्न सकिाे छ ।
