कुन हो त विश्वको सबैभन्दा महंगो कफी जो बिरालोको पेटभित्र बन्छ?
तपाईंलाई थाहा छ बिश्वको महंगो कफी कुन हो र कसरी बन्छ भनेर? अनि त्यसको मूल्य कति पर्ला भनेर अनुमान गर्न सक्नु हुन्छ?
विश्वको महंगो कफीको नाम ‘कोपी लुवाक’ हो। यो कफी महंगो हुनुको कारण यसको उत्पादनको अनौठो प्रक्रिया हो। हो, यो कफी ईन्डोनेसियाको बिरालो जस्तो देखिने जनावर ‘पाम सिभेट’लाई कफी दाना खुवाएर त्यसको पेट भित्र फरमेनटेसन प्रक्रिया गराएर उत्पादन गर्ने गरिन्छ।
सो बिरालोले कफी दाना पाचन गर्न सक्दैन र यस कारण बिरालोको पेट भित्र बिशेष फरमेनटेसन प्रक्रिया पछि स्पेशल फ्लेवरको कफी तयार हुन्छ जुन बिरालोले आफ्नो आची वा मल मार्फत बाहिर निकाल्छ। यसरी विश्वको महंगो कफि संकलन र बिक्री गरिन्छ।
यो कफीको मूल्य प्रति कप ३५ डलर देखि १०० डलर सम्म पर्छ। यसैगरी ५०० ग्रामको प्याकेट खरीद गर्दा भने यसको मूल्य १०० डलर देखि ६०० डलर सम्म पर्न आउँछ।
यसको उत्पादनको भिडियो तपाईले यू-ट्यूबमा पनि हेर्न सक्नु हुन्छ।
