सुपर ओभरमा खेलकाे निर्णयः सन्दीपले लिए पहिलाे विकेट, रबडा बने नायक

Investopaper, चैत्र १७, २०७५

दिल्ली : इन्डियन प्रिमियर लिग(आईपीएल) को शनिबार राति भएको खेलमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलले जित हात पारेको छ । निर्धारित २० ओभरमा रन बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा दिल्लीले बाजी मार्न सफल भयो । 

यस अघि खेलेका २ खेलहरूमा सन्दीप लामिछाने प्लेइगं टिममा परेका थिएनन । जुन आशा र भराेसाकासाथ उनलाइ खेलमा ल्याइएकाे थियाे, उनले पूरापूर निर्वाह र न्याय गरेका छन । पहिलाे अाेभरमा १ रन खर्चेका सन्दीपले दाेश्राे ओभरमा विकेट लिएका थिए । तीन ओभरसम्म निकै कसिलाे वलिंग गरेका सन्दीपले चाैथाे ओभरमा भने रसेलकाे अगाडी धर्मराए र १७ रन दिए, तथापी चार ओभरमा २९ रन खर्चेर सवैभन्दा किफायति वलर सावित भए ।

 फेरोज शाह कोटला मैदान दिल्लीमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजपछि ब्याटिङमा उत्रिएको कोलकात्ताले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । १८६ रन को लक्ष्य पाएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाइ १८५ नै रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । 

सुपर ओभरमा पहिले क्याटिङ गरेका दिल्लीका ब्याट्सम्यानले १ विकेट गुमाइ १० रन जोडेका थिए । कोलकात्तालाई जितका लागि ११ रनकाे आवश्यकता थियाे । बलिङमा दिल्लीले दक्षिण अफ्रिकी दायाँहाते फास्ट  बलर कागिसो रबडालाई पठायो ।

पहिलो बलमा नै चौका प्रहार गरेका रसेलले दोस्रो बल डट खेले र तेस्रो बलमा बोल्ड हुन पुगे । त्यसपछिका बलमा रबडाले कोलकात्ताका ब्याट्सम्यानलाई बाउन्ड्रिसम्म बल पुर्‍याउने मौका दिएनन्।  सुपर ओरभमा कोलकात्ताको ७ रन मात्रै बन्यो । राेमान्चक खेल दिल्लीले जित्यो भने खेलकाे नायक बने रबडा ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *