निशुल्क सेवाः वैदेशिक रोजगारीमा समस्या पर्‍यो ? श्रम मन्त्रालयमा सीधै‌ फोन गर्नुस् !

Investopaper, चैत्र १८, २०७५

काठमाडौँ — विदेश गएका नेपाली कामदारले भोग्दै आएका समस्या सीधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसमक्ष राख्न पाउने भएका छन् । पीडितले राखेको गुनासो क्षणभरमै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले थाहा पाउने व्यवस्था मिलाइएको छ ।  

मन्त्रालयले गुनासो सुनुवाई गर्नको लागि मन्त्रालयभित्रै कल सेन्टर स्थापना गरिएको छ। कल सेन्टरमा वैदेशिक रोजगारीको क्षेत्रमा ठगी लगायतका समस्यामा परेका, न्यायको खोजीमा रहेका, विदेशमा अलपत्र परेका, स्वास्थ्य समस्याबाट पीडित भएर घर फर्कन चाहने, जेल सजाय भोगिरहेका कामदारलाई निशुल्क कानुनी सहायताको आवश्यकता परेका लगायत कामदारले आफ्ना समस्याराख्न पाउनेछन्।

कामदारकागुनासोलाई छिटो सम्वाेधन गर्न सम्बन्धित विभागीय प्रमुखलाई तुरुन्तै जिम्मेवारी दिइने मन्त्रालयले जनाएको छ। ‘यो गुनासो सुन्नको लागि मात्रै स्थापना गरिएको होइन। कामदारले पाएका दु:खलाई मलम लगाउने पनि हो,’ कल सेन्टरको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भने, ‘गुनासो टिपाएको क्षणभरमै सम्बन्धित अधिकारीहरुले सूचना पाउनेछन्रत्यसलाई कारबाही प्रक्रियामा तुरुन्तै लैजानेछ।’

तत्कालको लागि स्वदेशभित्रबाट फोन गर्दा शुल्क लाग्दैन। विदेशबाट गर्दा भने शुल्क लाग्नेछ। सेवाग्राहीले कल सेन्टरको११४१, १६६००१५०००५ र ००९७७१५९७००८ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले कल सेन्टरबाट वैदेशिक रोजगार बाहेक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र आन्तरिक श्रम मामिलाका विषयहरुमा समेत सेवा पाउने व्यवस्था मिलाइएको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड सचिवालयको व्यवस्थापनमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो।

  • याे समाचार कान्तिपुर दैनिकमा छ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *