किन अफ्रिकाकै धनी व्यक्तिले १ करोड डलर हेर्नकै लागि मात्र बैंकबाट निकाले ?
नाइजेरियाका अर्बपति अलिको डाँगोटे अफ्रिकाकै धनी व्यक्ति हुन्। उनी डाँगोटे ग्रुपका मालिक हुन् जसले उपभोक्ता सामाग्री उत्पादन गर्छ । यो कम्पनी उनले आफ्नो काका सँग तीन हजार डलर उधारो मागेर सुरु गरेका थिए।
उनले अफ्रिकी मुलुक आईभोरी कोस्टमा भएको एउटा समारोहमा हालसालै एउटा रोचक कुराको खुलासा गरेका छन्। उनले आपूले मात्र हेर्नकै लागी भनेर १ करोड अमेरिकी डलर आफ्नो बैंक खाताबाट निकालेको बताए।
यस्तो गर्नु पछाडिको तर्क सुनाउँदै उनले भने- म आफ्नो मस्तिष्कमा के छिराउन चाहन्थे भने मेरो कमाई एउटा बैंकिङ अंक नभएर साँच्चैमा नगद हो र यसैका लागी मैले बैंकबाट नगद निकालेको थिए। आफ्नो स्रोतालाई उनले आफू सँग साच्चिकै पैसा भएको लागेपछि पुन त्यो पैसा अर्को दिन बैंकमा लगेर जम्मा गरेको बताए।
सिमेन्ट देखी लिएर आटा सम्म उत्पादन गर्ने फरक फरक कम्पनी भएका डाँगोटेले जवानीको पहिलो १ मिलियन कमाईको महत्व हुने र त्यसपछि खासै अंकले फरक नपार्ने बताए।
उनले भविष्यको लागी अफ्रिकामा कृषि र प्रविधिमा लगानी गर्न उचित रहेको पनि बताए र नयाँ उध्यमीलाई सुरुको सफलतामा नियन्त्रित हुन पनि सल्लाह दिए।
उनले अफ्रिका महादेश भरि व्यापारको प्रगतिलाई प्रशासनिक र भन्सारका समस्याले बाधा पुर्याएको बताए।
