भोलि बिहान २:३१ बजे नेपालको पहिलो भू-उपग्रह ( satellite) प्रक्षेपण हुने।

यही बैशाख ५ गते बिहान २ बजेर ३१ मिनेटमा नेपालको पहिलो भू-उपग्रह ( satellite) प्रक्षेपण हुने भएको छ।

जापानको क्युसु विश्वबिधालयको क्युसु इन्सिच्युट अफ टेकनोलोजी क्युटेक बाट स्पेस टेक्नोलोजीमा इन्जिनियरिङ गरिरहेका आभाष मास्के र ईलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको बर्ड-३ परियोजना अन्तर्गत संयुक्त राज्य अमेरिका बाट अघि बढ्न लागेको हो।

बर्ड-३ ले जापान, नेपाल र श्रीलङ्काको भू-उपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गर्न लागेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टका प्रविधि, संकाय प्रमुख रवीन्द्र प्रसाद ढकालले जानकारी गराएका छन्। नेपाली भू-उपग्रहको नाम ‘नेपाली स्याट-१’ दिएको छ।

ढकालले भन्नु भयो भू-उपग्रहले देशका विभिन्न स्थानका अभिलेखीकरण तस्वीर संकलन गर्नुका साथै यहाँका हिमाल, पहाड, तराई, वन, पाखा र हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्ने छ।

‘नेपाली स्याट-१’ नामक उक्त भू-उपग्रहमा नेपालको झण्डाका साथै नास्टको प्रतिक चिन्न अंकित हुने छ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *