लगानीकर्ताकाे गुनासाे सुनुवाइः रसुवागढी र सान्जेन जलविद्युतको आइपिओ भर्ने अवधि थप

वैशाख ११, २०७६

नेपाल धिताेपत्र बोर्डमा लगानीकर्ताहरुले सिडिएससीको मेरो शेयरबाट शेयर आवेदन गर्न नसकेको भनी गरेको गुनासोका आधारमा धितोपत्र बोर्डले २ दिन समय थप गरेकाे छ । अव रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आवेदन गर्ने समय विहिवारसम्म रहने छ ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार सान्जेन र रसुवागढी जलविद्युत कम्पनीको साधारण शेयर बिहीबारसम्म २ दिन समय थप गर्नका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकहकरुलाई निर्देशन दिएको जानकारी गराएका छन ।

धितोपत्र बोर्डले दुवै जलविद्युत कम्पनीको बिक्री प्रबन्धक तथा सहायक बिक्री प्रबन्धकहरुलाई पत्राचार गर्दै भनेको छ, ‘सार्वजनिक निष्काशनको क्रममा सिडीएसएलको सफ्ट्वेयरमा समस्या उत्पन्न भई आवेदन गर्न नसकिएको भनी लगानीकर्ताहरुबाट बारम्बार गुनासो आएको आएको सन्दर्भमा उक्त निष्काशनमा सर्वसाधारण प्राकृतिक व्यक्तिले आवेदन दिन सक्ने गरी २ दिन अर्थात २०७६ बैशाख १२ गतेसम्म समयावधि थप गर्ने व्यवस्था मिलाई सो को जानकारी बोर्डलाई गराउनु ।’

बोर्डको यो निर्देशनको बोधार्थ केन्द्रिय निक्षेप प्रणालीलाई पनि पठाएको छ

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *