हालसालै आईपिओ जारी गरेको एउटा लघुवित्तको शेयर नेप्सेमा सूचीकृत।
हालसालै आईपिओ जारी गरेको नेपाल एग्रो लघुबित्तको शेयर जेष्ठ २ गते नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा आज नेपाल एग्रो लघुबित्तको ४ लाख ९७ हजार ७७८ कित्ता शेयर सूचीकृत भएको छ। नेपाल एग्रोको शेयर १५,१२० आवेदकलाई १० कित्ताको दरले बाँडफाँट भएको छ।
अब तपाईले भोलि बाट नेपाल एग्रोको शेयर कारोबार गर्न सक्नु हुनेछ। यदि तपाईलाई नेपाल एग्रोको शेयर परेको छ भने आफ्नो हितग्राही खातामा भोलि या पर्सि सम्ममा शेयर आएको देख्नुहुनेछ।
