चीनकाे चमत्कार,बाइलंग एलिभेटरः विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्ट

चीनले विश्वसामु एकसे एक चकत्कार गर्दै आएकाे छ । हामीले ठुला ठुला भवनमा लिफ्ट त देखिरहेकै छौ, तर चीनमा भवन भन्दा बाहिर नै एउटा लिफ्ट छ जुन चीनको हुनान प्रान्तस्थित बाइलंग एलिभेटर विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्ट हो ।

पहाडको काखबाट सुरु भएर पहाडको टुप्पोसम्म पुगेको यो लिफ्टमा चढ्नेहरुले प्रकृतिको सुन्दर छटा अवलोकन गर्ने सौभाग्य समेत प्राप्त गर्न सक्छन् । यो लिफ्ट ३ सय २६ मिटर अर्थात् झण्डै एक हजार फिट अग्लो छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् अनुसार यो विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्ट हो ।

यो लिफ्टमा तिनवटा डबल डेकर एलिभेटर लगाइएका छन् र हरेक एलिभेटरको भार बहन क्षमता ४ हजार ९ सय किलो रहेको छ । झण्डै एक हजार फिट अग्लो रहेको यो एलिभेटरको गति यति तिव्र छ की फेँदबाट टुप्पोसम्म पुग्न जम्मा १ मिनेट ३२ सेकेण्ड मात्र लाग्दछ ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *