ब्रिट्नीले अब कहिल्यै स्टेजमा प्रस्तुति दिनेछैनन् - लैरी रुडोल्फ

हलिउडकी चर्चित गायिका ब्रिट्नी स्पेयर्सले अब कहिल्यै स्टेजमा प्रस्तुति दिनेछैनन् । यो कुरा ब्रिट्नीकी म्यानेजर लैरी रुडोल्फले मिडियासँग कुराकानीका क्रममा बताएकी हुन् । याे ब्रिट्नी स्पेयर्सका समस्त फ्यानहरूका लागि दुःखद खबर हाे ।

 लैरीले ब्रिट्नी भविष्यमा हुने कुनै पनि कन्सर्टमा सहभागी नहुने दाबी गरेकी छिन् । ‘अब उनी कहिल्यै स्टेजमा नफर्कन सक्छिन्,’ लैरीको उद्घोषलाई अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

आफू सुरुवाती दिनदेखि नै ब्रिट्नीसँगै रहेको र उनी अब करिअरका लागि नभई जिन्दगीको लडाइँमा रहेको लैरीले सुनाएकी छिन् । केही समयअघि ब्रिट्नी मानसिक उपचार केन्द्रमा भर्ना भएकी थिइन् । बाबुको गिर्दाे स्वास्थ्य अवस्थाका कारण उनमा डिप्रेसन बढेको र त्यसले गहिरो असर परेको बताइन्छ ।

सोही हालतमा उनी अदालत पुगेकी थिइन् । उनले त्यहाँ बाबुले आफूलाई जबर्जस्ती मानसिक उपचार केन्द्रमा पठाएको बताएकी थिइन् । छोरीको कुरामा आमाले पनि समर्थन गरेकी थिइन् । बाबुसँग निकै नजिक रहेकी ब्रिट्नी उनलाई गुमाउने डरले निकै चिन्तित हुने गरेकी थिइन् । सोही क्रममा उनी बेसुर हुँदै अदालत पुगेको बताइन्छ ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *