गणपुरक संख्या नपुगेकाे घाेषणा गर्दै तामाकोशीको साधारण सभा स्थगन

Investopaper, असार ११, २०७६ 

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडकाे अाज असार ११ गते बुधबार बाेलाइएकाे साधारण सभा स्थगित भएको छ। साधारण सभाका लागि चाहिने गणपुरक संख्या नपुगेपछि साधारण सभा स्थगित भएको घाेषणा गरिएकाे हो।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा डाकिएको ११ औँ वार्षिक साधारणसभामा सर्वसाधारणकाे तर्फबाट प्रतिनिधत्व गर्ने ४ जना सञ्चालककोे निर्वाचन मुख्य एजेण्डा रहेकाे थियाे । यसबाहेक अध्यक्षले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका अन्य एजेण्डा रहेका थिए।

एक घण्टा ढिलाेगरी उपस्थितिकाे कम्पाइलेसन गर्दा प्राेमाेटर बाहेक ५ प्रतिशतकाे उपस्थिति भएकाे जानकारी गराइएकाे थियाे । कम्पनी नियमावली अनुसार साधारण सभाका लागि चाहिने संख्या अपुग भएपछि साधारण सभा स्थगित गरिएको हो।

एक सातापछि अर्को साधारण सभा आह्वान गर्नकाे लागि सूचना प्रकाशन गरिने बताइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *