आठ वटा ब्रोकरले पाए मार्जिन कारोबार गर्ने अनुमति
Investopaper, असार १२, २०७६
आठ वटा ब्रोकरले मार्जिन कारोबार गर्ने अनुमति पाएका छन् । नेपाल स्टक एक्सचेन्जले आज देखि लागुहुने गरी आठवटा सदश्य दलालहरूलाइ मार्जिन काराेवार सुविधा उपलव्ध गराउन अनुमति प्रदान गरेकाे छ । नेप्सेले जारी गरेकाे प्रेश विज्ञप्तिमा उल्लेखित छ ।
अनुमति प्राप्त गर्ने सदश्य दलालहरू यस प्रकारछन् ।
- क्रिष्टल कंचनजंघा सेक्युरीटीज प्रा. लि. (सदश्य नं. ५०),
- कोहिनुर सेक्युरीटिज प्रा. लि. ( सदश्य नं. ३५),
- भिजन सेक्युरीटीज प्रा. लि. ( सदश्य नं. ३४),
- सेक्युर्ड सेक्युरीटीज लि. ( सदश्य नं. ३६),
- श्रीकृष्ण सेक्युरीटीज लि. ( सदश्य नं. २८),
- प्राइमो सेक्युरीटीज प्रा. लि. ( सदश्य नं. १६),
- नेपाल स्टक हाउस प्रा. लि. ( सदश्य नं. १४)
- दीपशिखा धिताेपत्र काराेवार कम्पनी प्रा. लि. (सदश्य नं. ३८)
यी कम्पनीहरुले मार्जिन कारोबार गर्न राष्ट्र बैंकबाट पनि स्विकृती पाइसकेका छन् । अव कार्यविधि र अन्य नियम कानूनकाे परीधि भित्र रहि शेयर खरिदकाे लागी कर्जा लगानी गर्न सक्नेछन ।
नेप्सेले जारी गरेकाे प्रेश विज्ञप्ति हेर्न यहां क्लिक गर्नुहाेस ।
