अण्डा शाकाहारी कि मांशाहारी ? जानाै वैज्ञानिकले निष्कर्ष

अण्डालाई मांशाहारी खानेकुरा नमान्ने मानिसहरु पनि दुनियाँमा धेरै छन् । अर्थात् कतिपय आफुलाई शाकाहारी भन्नेहरुले पनि अण्डा खाने गर्दछन् ।

आखिर अण्डा शाकाहारी हो कि मांशाहारी ? यस विषयमा मानिसहरुले लामो समयदेखि नै बहस गर्दै आएका छन् । तर वैज्ञानिकहरुले यस्तो तथ्य पत्ता लगाएका छन् कि जसले अण्डा मांशाहारी कि शाकाहारी भन्ने बहसलाई अब अन्त्य गरि दिनेछ ।

बजारमा पाइने धेरै अण्डाहरु बतासे, अर्थात् गर्भाधान नभएका अण्डा हुन् ।अर्थात् यी अण्डाबाट चल्ला कोरलिँदैन । यसको अर्थ त्यस्ता अण्डाहरु विज्ञानको नजरमा शाकाहारी हुन् ।

अण्डामा तिनवटा प्रष्ट तह हुन्छन् । पहिलो बाहिरी बोक्रा, दोश्रो सेतो भाग र तेश्रो पहेँलो भाग ।

सेतो भाग प्रोटिनको निकै उत्कृष्ट श्रोत हो । त्यसमा प्राणीको कुनै हिस्सा नहुने भएकाले अण्डाको त्यो भाग पूर्णरुपमा शाकाहारी हो ।

पहेँलो भागको कुरा गर्दा त्यसमा प्रोटिनसँगै कोलेस्ट्रोल र फ्याट पनि पाइन्छ । जब कुनै पनि अण्डा पोथीमा भाले लागेर पारिएको वा गर्भाधान भएकोहुन्छ तब मात्र त्यो अण्डा मांशाहारी बन्दछ । अन्यथा अण्डाको पहेँलो भाग पनि शाकाहारी नै हुन्छ ।

अतः अण्डाका पारखीहरु अब ढुक्क भए हुन्छ । तपाइँ शाकाहारी हुनुहुन्छ भने पनि तपाइँले नकोरेलिने बतासे अण्डा खान सक्नुहुन्छ । किनकि बतासे अण्डा शाकाहारी नै हुन्छ ।

  • एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *