गुलावी ओठका राेचक तथ्यहरू ! १० लाख नसाकाे संजाल
Investopaper, असार १९, २०७६
मानिसको शरिरको महत्वपुर्ण अंग हो ओठ । ओठले व्यक्तीको सुन्दरतालाई निर्खाछ । ओठको आकार पनि ब्यक्तीअनुसार फरक फरक हुन्छ । ओठको बनावट पनि विशेष प्रकारकाे हुन्छ, जुन अरू अंगसंग मेल खांदैन । तपाई हाम्रो ओठमा १० लाख नशा हुन्छन् ।
सानाे ओठमा यति धेरै नसाहरू हुन्छन भन्दा पत्याउन गाह्रो हुन सक्छ । तर यो सत्य हो । ओठबारे यस्तै अरु अचम्मका राेचक तथ्यहरू यस्ता छन् ।
१) ओठमा झन्डै १० लाख नसा हुन्छन् । शरीरमा नसा समाप्त हुने स्थान संवेदनशील हुन्छन् । ओठमा धेरै नसाको अन्त्य हुन्छ । त्यसैले संवेदनशील हुन्छ । ओठ हाम्राे औँलाभन्दा १०० गुणा बढी संवेदनशील हुन्छ ।
२) ओठमा कहिल्यै पसिना आउँदैन, किनभने पसिना ग्रन्थि नै हुँदैन । ओठमा डन्डिफोर पनि आउँदैन ।
३) औँलाको छापजस्तै ओठको छाप पनि कसैको कसैसँग मिल्दैन ।
४) उमेर बढ्दै जाँदा ओठ भने पातलो हुँदै जान्छन् । शरीरमा कोलाजन निर्माणमा आउने कमीले यस्तो हुन्छ । कोलाजनकै कमीले ओठको कमलोपनमा पनि ह्रास आउँछ ।
५) ओठले मानिसको कामुकताबारे जानकारी दिन्छ । खासगरी महिलाको ओठको आकारले उनको कामुकता दर्साउँछ ।
६) मानव शरीरको छालामा १६ वटा तह हुन्छन् । तर, ओठमा भने तीनदेखि पाँचवटासम्म मात्रै तह हुन्छन् । यही कारण ओठ राता र गुलाबी हुन्छन् ।
७) माथिल्लो ओठको संरचनामा आर्बिकुलरिस ओरिस मसल्स पनि हुन्छन् । पित्तल, बाँस अथवा काठबाट बनेका वाद्ययन्त्र बजाउँदा वा सिटी फुक्दा यिनै मसल्सले संकुचित बनाउँछन् ।
८) ओठको क्यान्सर हुने सम्भावना महिलाभन्दा पुरुषमा बढी हुन्छ ।
९) चुम्बन गर्ने चलन भारतबाट प्रारम्भ भएको हो । अलेक्जेन्डर द ग्रेटका सैनिकहरूले भारत आउँदा चुम्बन गर्न सिके र संसारभर यसको प्रसार भयो ।
१०) ओठको चुम्बनले मस्तिष्कमा डोपामाइन रसायन स्रावित हुन्छ । डोपामाइन मानव शरीर र मस्तिष्कमा आनन्द, उल्लास, उत्साह, सुखको आभास, परम आनन्द अनुभूतिको उत्प्रेरक हो । यसैकारण मानिस चुम्बन गर्न लालायित रहन्छ ।
११) रातो ओठ भएका महिलाहरूप्रति पुरुष बढी आकर्षित हुन्छन् । यो अध्ययन फ्रान्सका बैज्ञानीकहरुको हो ।
- एजेन्सी
