वोमी माइक्रोफाइनान्सले हकप्रदको लागि बुकक्लोज मिति ताेक्याे

Investopaper, असार १९, २०७६

वोमी माइक्रोफाइनान्सले चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ः१ काे अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बुकक्लोज मितिकाे घाेषणा गरेको छ। कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनको लागि असार २७ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो।

बुकक्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात असार २६ गतेसम्म कम्पनीको शेयरधनी खातामा कायम भएका लगानीकर्ताले मात्रमाइक्रोफाइनान्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्।

कम्पनीको गत फागुन ६ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । हकप्रद बिक्रीका लागि कम्पनीले सिद्धार्थ क्यापिटल नक्साललाई बिक्री प्रबन्धक तोकेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *