महिला विश्वकप फुटबलः उपाधिका लागि अमेरिका र नेदरल्याण्ड्स भिडदै
Investopaper, असार २०, २०७६
फिफा महिला विश्वकप फुटबको उपाधिका लागि अमेरिका र नेदरल्याण्ड्स भिड्ने भएका छन् । सेमिफाइनलमा पराजित भएका स्विडेन र इंग्ल्याण्डले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।
पहिलाे सेमीफाइनलमा अमेरिकाले इंग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा प्रबेस गरेकाे थियो । बिहीबार भएको खेलमा नेदरल्याण्ड्सले स्विडेनलाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा अमेरिकासँगको खेल पक्का गर्यो ।

फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत नेदरल्याण्ड्सले स्विडेनमाथि ९९ औं मिनेटमा गरेको गोल नै फाइनलमा स्थान बनाउन पर्याप्त बन्यो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि अतिरिक्त समयमा गएको थियो ।
नेदरल्याण्ड्सका लागि जेसिकी गोरेनिनले गरेकाे गोल नै निर्णायक बन्याे । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन ।
