घोडीघोडा लघुवित्तको आईपीओ आजबाटः १० कित्ताकाे पनि आवेदन दिन पाइने

Investopaper, असार २०, २०७६

कञ्चनपुरको बेलौरीमा केन्द्रिय कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओमा आज शुक्रबारबाट आवेदन खुला गरिएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका एक लाख ३२ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल निष्काशनमा आउने आईपीओ मध्ये १ हजार ३८० कित्ता सेयर लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० कित्ता सेयु सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख २४ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम १ हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन बन्द हुने मिति छिटाेमा असार २५ गते र उक्त अवधिमा सम्पूर्ण कित्ताकाे लागि आवेदन नपरेमा श्रावण १९ गतेसम्म कायम रहनेछ ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमीटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण कार्यालय तथा मेरो सेयरबाट समेत सेयर खरिदको आवेदन दिन सक्नेछन् ।


Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *