मधुमेहका बिरामीले खानुपर्ने खाना, जसले चिनीको मात्रालाई नियन्त्रण गर्दछ

Investopaper, श्रावण ०३, २०७६

मधुमेह राेगका विषयमा धेरै भनिरहन पराेइन किनकी प्रत्येकजसाे घरमा यसले डेरा जमाइ सकेकाे छ । मधुमेह पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन् । यस्तो डायबेटिज भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन त हुन्छ, तर यो पर्याप्त हुँदैन ।

यी खानेकुराहरू भाेजनमा समाबेश गरि नियमित खाने गरेमा उपचारबिनै चिनीकोे मात्रालाई सामान्य अवस्थामा ल्याउन धेरै मद्दत मिल्दछ । खानपान र व्यायाम कसरतले मधुमेहलाइ सीमाभित्र राख्न सफलता पाएका उदाहरण प्रसस्तै छन । तिनै खाने कुराहरू बारे जानी राखाै ।

तीतेकरेला

मधुमेह भएकाका लागि करेला गुनकारी हुन्छ । यसमा   हाइपोग्लिसेमिक नामक तत्व पाइन्छ, जसले पिसाब र रगतमा सुगरको मात्रा कम गरिदिन्छ । बढी लाभ हासिल गर्न बिहान खाली पेटमा तीतेकरेलाको जुस पिउने गर्नुपर्छ । करेलाको बियाँलाई पिसेर खानामा यसको पाउडर छरेर खाने गर्नाले पनि लाभ हुन्छ।

अमला

अमला भिटामिन सीको उत्तम स्रोत हो । डायबेटिज भएकाका लागि अमलामा पाइने भिटामिन सी ज्यादै लाभदायक हुन्छ । एक चम्चा अमलाको रसमा एक कप तीतेकरेलाको जुस मिसाई दुई महिनासम्म बिहान नियमित सेवन गर्नाले उल्लेख्य सुधार महसुस गर्न सकिन्छ।

जामुन

जामुनमा जाम्बोलाइन नाम गरेको ग्लुकोसाइड पाइन्छ, जसले शरीरभित्र चिनी उत्पादन हुने क्रमलाई कम गरिदिन्छ । जामुनको दाना सुकाई यसको धुलो बनाउन सकिन्छ र एक चम्चा धुलोलाई दूध, पानी अथवा दहीसँग मिसाएर खाइयो भने रगत र पिसाबमा चिनीको मात्रा कम हुँदै जान्छ।

मेथी

दिनहुँ २५ देखि सय ग्रामसम्म मेथीका दाना खाएर रगत र पिसाबमा चिनीको मात्रा कम गर्न सकिन्छ । कति मात्रामा मेथी खाने भन्ने निक्र्याैल गर्नका लागि आयुर्वेदबारे जानकार वैद्यको परामर्श लिन आवश्यक छ ।

चना

चना भिजाएको पानी खाने गर्नाले पनि शरीरमा चिनीको मात्रा सन्तुलित हुने गर्छ।

आँपको पात

आँपको कलिलो पात डायबेटिज रोगीका लागि अतिउपयोगी हुन्छ । १६ ग्रामजति आँपको पातलाई अढाई सय मिलिलिटर पानीमा रातभरि भिजाउने र बिहान पातलाई राम्रोसँग निचोरी नियमित पिउने गर्नाले डायबेटिजलाई नियन्त्रित अवस्थामा राख्न सकिन्छ। आँपको पात सुकाई यसको चूर्ण बनाएर दुई चम्चा चूर्ण दिनमा दुई पटक खाने गर्नाले पनि लाभ हुन्छ। 

अन्य खाना

मौसम, जरेसिमी, काँक्रो, प्याज, लसुनजस्ता खाना पनि डायबेटिजका रोगीका निम्ति ज्यादै लाभदायक हुन्छन्।

  • श्राेतः विभिन्न पत्रपत्रिका
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *