चौध वित्तिय संस्थाले आस्वा सदस्यता नविकरण गरेननः सार्वजनिक निष्काशनमा आवेदन लिन बन्देज

Investopaper, श्रावण ०३, २०७६

नेपाल धितोपत्र बोर्डमा आस्वा सदस्यता नवीकरण नगर्ने १४ बैंक तथा वित्तीय संस्थाहरुबाट धितोपत्र खरिद (सार्वजनिक निष्काशन) मा आवेदन गर्न बन्देज लागेको छ।

नेपाल धितोपत्र बोर्डमा गत आवमा आश्वा सदस्यता लिएका ६३ संस्थामध्ये चालु आवका लागि २८ वटै वाणिज्य बैंक सहित ४७ संस्थाले साउन १ गतेसम्म सदश्यता नवीकरण गरिसकेकाे धितोपत्र बोर्डले जनाएको छ। वांकि रहने १६ संस्थाहरूमध्ये जेविल्स फाइनान्स नेपाल इन्भेष्टमेण्ट वैकमा गाभिइसकेकाे छ भने हाम्राे विकास वैंक लि. ज्याेति विकास वैंकमा विलय भएकाे छ ।

नवीकरण नगराउने संस्थाहरुमा १० वटा विकास बैंक र ४ फाइनान्स कम्पनी छन्। यी सबै संस्थाहरुले धितोपत्र बोर्डबाट आस्वा अनुमति नवीकरण नगराएसम्म उक्त बैंक तथा वित्तीय संस्थामा बैंक खाता रहेका शेयर लगानीकर्ताले सार्वजनिक निष्काशनमा आवेदन गर्न पाउँदैनन्।

यद्यपि यी १४ वित्तिय संस्थाकध्ये भार्गव र पूर्णिमा विकास वैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसँग प्राप्ती प्रकृयामा रहेका छन् भने कन्काई विकास बैंकलाई प्राइम कमर्सियल बैंकले प्राप्ती गर्ने सक्झौता गरिसकेको छ। यसैगरि सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकले असार २२ गतेदेखि  तथा मिसन र तिनाउ विकास बैंकले मर्जर पश्चात असार ३१ गतेबाट एकीकृत कारोबार थालेका छन् ।

आश्वा सदस्यता नविकरण नगर्ने १४ वित्तिय संस्थाहरूः

  1. ज्याेति विकास वैंक लि. ,
  2. गण्डकी विकास वैंक लि. ,
  3. देव विकास वैंक लि.,
  4. भार्गव विकास वैंक लि. ,
  5. पूर्णिमा विकास वैंक लि. ,
  6. मिसन डेभलपमेन्ट वैंक लि. ,
  7. तिनाउ विकास वैंक लि. ,
  8. नेपाल कम्युनिटि ड्रभलपमेन्ट वैंक लि. ,
  9. कन्काइ विकास वैंक लि. ,
  10. सप्तकाेशी डेभलपमेन्ट वैंक लि. ,
  11. पाेखरा फाइनान्स ,
  12. गाेरखा फाइनान्स ,
  13. सृजना फाइनान्स र
  14. रिलायन्स फाइनान्स


Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *