सानिमा वैंककाे नाफामा ३२ प्रतिशतले वृद्धी, अन्य सूचकांक कस्ता छन ?
Investopaper, श्रावण १२, २०७६
सानिमा वैंकले गत अावकाे चाैथाे त्रयमासमा सन्ताेषजनक प्रगति प्रकाशित गरेकाे छ । यस अवधिमा कम्पनीले खुद नाफामा ३२.१६ प्रतिशतले बृद्धी गरेकाे छ ।
बैंकले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६९ करोड ७५ लाख रुपैंया मात्र खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले खुद नाफा ३२.१६ प्रतिशतले बढाएको हो ।
यस अवधिमा वैकले अन्य सुचकांकहरूमा पनि उल्लेखनिय प्रगति हासिल गरेकाे छ । व्यवसाय बृद्धीकाे तुलनामा अन्य अार्थिक सूचकांकहरू निकै अाकर्षक छन । यस अवधिमा डिपाेजिट १४.८० प्रतिशतले बढेर ८९ अरव ३७ कराेड ३७ लाख २९ हजार पुगेकाे छ भने कर्जा २०.२० प्रतिसतले बढेर ८१ अरव २४ कराेड ९७ लाख ३९ हजार पुगेकाे छ ।
सानिमा वैंकले जगेडा काेषमा यथेष्ट रकम छुट्याएर ३ अरव ८९ कराेड पुर्याएकाे छ । समिक्षा अवधिमा वैंककाे वितरयाेग्य मुनाफा १ अरव ६२ कराेड रहेकाे छ ।
सानिमा वैंकका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः
- वैंकको चुक्ता पुंजी ८ अरव १२ लाख ५५ हजार छ र यस अवधिमा कुनै वृद्धी भएकाे छैन ।
- यस अवधिमा भाखा नाघेकाे कर्जा 0.0८ प्रतिशत छ,
- यस अवधिमा वैंकको प्रति सेयर आम्दानी (ईपिएस) २८रूपैया ४ पैसा,
- प्रति सेयर नेटवर्थ १४८.७३ रूपैंया,
- आधार ब्याजदर ९.४५ प्रतिशत ,
- कोषको लागत ७.३९ प्रतिशत
- स्प्रेड रेट (ब्याजदर अन्तर) ४.२७ प्रतिशत
- सीसीडि ७७.९१ प्रतिशत र
- मूल्य आम्दानी अनुपात १२.४१ गुणा रहेकाे छ ।
