नेको इन्स्योरेन्सकाे साधारण सभा भदाै १४ गते, कति बांडदै छ त बाेनस ?
Investopaper, श्रावण १२, २०७६
नेको इन्स्योरेन्सकाे साउन १० गते बसेको ३७३ औं वाेर्ड बैठकले भदौं १४ गते २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।
साधारण सभाबाट बोनस शेयर १२ प्रतिशत अर्थात १४ करोड ११ लाख ५३ हजार रुपैयाँ र कर प्रयोजनको लागि ०.६३ प्रतिशत अर्थात ७४ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।
इन्स्योरेन्सको हाल चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ छ भने लाभांश वितरणपछि चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ पुग्नेछ । न्यूनतम चूक्ता पूंजी पुर्याएकाे भएपनि कम्पनीले बाेनस शेयर बितरण गर्ने घाेषणा गरेकाे छ ।
साधारण सभा प्रयोजनको लागि इन्स्यारेन्सले भदौ ३ गते शेयर दाखिला खारेज बन्द गर्ने भएको छ। त्यसर्थ भदौ २ गतेसम्म कायम शेयरधनीले मात्रै बोनस लाभांश पाउनेछन्।
