कक्षा १२ को सबै संकायकाे नतिजा आज सार्वजनिक गर्ने तयारी

Investopaper, श्रावण १३, २०७६ 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ।

आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो। नतिजा प्रकाशनका लागि सोमबार दिउसाे बोर्ड बैठक बोलाइएको छ।

गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार लाख परीक्षार्थी सहभागी थिए।  बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो। यस पटक भने एकै पटक नतिजा प्रकाशन गर्न लागेको हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *