शिखरमा छ सुन चाँदीको मूल्यः आज भने बिश्राम लिएकाे अवस्था
Investopaper, श्रावण २४, २०७६
आज (साउन २४,२०७६) शुक्रबारको दिन नेपाली बजारमा सुन चांदीकाे मूल्यले शिखरमा पुगेर विश्राम लिएकाे छ। सुनको मुल्यमा आज स्थिरता कायम भएकाे छ । छापावाल सुन आज रु. ७०,०००।- प्रति तोलामा मा काराेवार भएको छ । हिजाे विहिबार पनि नेपाली बजारमा सुन रु. ७० हजार रूपैयांमा कारोबार भएको थियो।
यस्तै तेजावी सुनको मूल्य ६९,७००।- रुपैँया रहेको छ। तेजावी सुनकाे मूल्य पनि अहिले सम्मकै महंगाे हाे ।
सेताे धातु चाँदीको मूल्यमा पनि आज स्थिरता देखिएकाे छ । चाँदि हिजाे रू. ८२५।- मा खरिदबिक्री भएकाे थियाे भने आज पनि रु. ८२५।- प्रति तोलामा कारोबार भईरहेको नेपाल सुनचांदी व्यवशायी संघले जनाएकाे छ।
