नेपाल टेलिकममा ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेरको हद लागु गर्ने कसरत
Investopaper, श्रावण २४, २०७६
नेपाल टेलिकममा कर्मचारीकाे सेवा अवधि र अनिवार्य अबकाश सम्वन्धि बाेर्डकाे निर्णयले हलचल मच्चिएकाे छ ।
मन्त्रालयले नेपाल टेलिकमलाई ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेरको हदमध्ये जो पहिला पुग्छ सोही आधारमा अनिवार्य अवकास दिनेगरी गरेकाे बोर्ड निर्णय र अनुमोदनका लागि लोक सेवा आयोगमा पठाउनू भन्ने पत्र बुधबार खोलिएकाे थियाे । उक्त पत्र एक साता अघि नै अाएकाे कर्मचारीहरू बताउछन ।
जब पत्रका बारेमा जानकारी भयाे अनि नेपाल टेलिकमकाे अफिसमा ठूलो तनाबको वातावरण सिर्जना भएकाे आधिकाररिक ट्रेड युनियनका अध्यक्ष यादव पनेरुले जानकारी गराए । उनका अनुसार कम्पनीमा रहेका तीनैवटा ट्रेड यूनियनहरूकाे साझा विराेधले हाललाइ टरेकाे छ ।
आधिकारिक युनियनका तर्फबाट विज्ञप्तिसमेत निकालेर, तीनवटै युनियनले एकताबद्धरूपमा बिरोध गर्दै यस्ताे नियम लागु भए आन्दोलनमा उत्रने चेतावनी दिए । कर्मचारीहरु संगठित भएपछि प्रवन्ध निर्देशक अधिकारीले ‘म मन्त्रालयलाई कन्भिन्स गर्छु’ भन्दै मन्त्री बास्कोटा र सञ्चार सचिव महेन्द्रमान गुरुङलाई भेट्न मन्त्रालय गएको पनि बुझिएको छ ।
बर्तमान एमडी दशाै तहबाट प्रमाेसन भएकाे र कम्पनीमा आफूभन्दा सिनियर अफिसरहरू कार्यरत रहेकाले उनीहरूलाइ अनिवार्य अवकासकाे माध्यमबाट हटाउने खेल खेलेकाे कर्मचारीहरूकाे बुझाइ छ ।
यस्ता नियमहरू लागुहुंदा जहांपनि कर्मचारीहरू विभिन्न ध्रुवमा बिभाजित हुन्छन । अहिले यस्तै सिनारियाे टेलिकममा देखिदै छ । बरिष्ट तथा ३० वर्ष नजिक पुगेका कर्मचारीहरूले विराेध गर्दै छन भने नयां कर्मचारीहरू पुरानालाइ छिट्टै विदा गर्न पाए आफ्नाे बृतिबिकास हुने सपना बुन्दैछन । बाेर्डले निर्णय गरिसकेकाे अवस्थामा के हुन्छ र घटनाक्रम कसरी अगाडी बढछ, समयले नै बताउने छ ।
