आज सुन चाँदीको मूल्य स्थिर : घट्ने कुनै छाँटकाँट देखिएन
Investopaper, श्रावण २६, २०७६
आज (साउन २६,२०७६) आईतबारको दिन नेपाली बजारमा सुन चांदीकाे मूल्यले शिखरमा पुगेर विश्राम लिएकाे छ। सुनको मुल्यमा आज स्थिरता कायम भएकाे छ । छापावाल सुन आज रु. ७०,०००।- प्रति तोलामा मा काराेवार भएको छ । अस्ति शुक्रबार पनि नेपाली बजारमा सुन रु. ७० हजार रूपैयांमा कारोबार भएको थियो।
यस्तै तेजावी सुनको मूल्य ६९,७००।- रुपैँया रहेको छ। तेजावी सुनकाे मूल्य पनि अहिले सम्मकै महंगाे हाे ।
सेताे धातु चाँदीको मूल्यमा पनि आज स्थिरता देखिएकाे छ । चाँदि अस्ति रू. ८२५।- मा खरिदबिक्री भएकाे थियाे भने आज पनि रु. ८२५।- प्रति तोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवशायी संघले जनाएकाे छ।
