पेट्रोल सट्टा हावा भरेर हावाबाटै चल्ने बाइकको विकास

Investopaper, श्रावण २६, २०७६

ट्यांकीमा पेट्रोल सट्टा हावा भरेर हावाबाटै चल्ने बाइकको विकास गरिएको छ । भारत लखनउका एक वैज्ञानिकले एअर बाइकको आविष्कार गरेका हुन् । उनले करिब ९ वर्षपहिला एउटा एअर इन्जनको आविष्कार गरेका थिए । जुन अहिले आएर एअर बाइकको रुप लिएको छ ।

यो आविष्कारले बढ्दो ग्लोबल वार्मिङ समस्यासँगै आम मानिसको कम खर्चमा बाइक चढ्ने रहर पूरा गर्ने विश्वास गरिएको छ । एअर बाइक तयार गर्ने वैज्ञानिकको विश्वास छ कि यो बाइक सञ्चालनमा ल्याउन सके इन्धनको खपत पनि कम हुनेछ र ग्लोबल वार्मिङको समस्या पनि कम हुँदै जानेछ ।

उत्तर प्रदेश राजकीय निर्माण निगमका मुख्य महाप्रबन्धक रहिसकेका भारतराज सिंहले हावाको ऊर्जाबाट चल्ने यो बाइक निर्माण गरेका हुन् । उनले यो आविष्कारमा निकै मेहनत गरेका छन् । उनी हाल एउटा इन्जिनियरिङ कलेजमा एसोसिएट डाइरेक्टर छन्। उनलाई विश्वास छ कि यदि उनको यो आविष्कार सञ्चालनमा आए प्रदूषण ५० प्रतिशतले घट्नेछ । यो आविष्कारको मुख्य उद्देश्य भनेको गाडीमा पेट्रोल वा डिजल प्रयोग गर्नुको साटो तिनलाई हावाबाट चल्न इन्जिन तयार पार्नु नै हो । यो इन्जिन तयार पार्न हाल धेरै खर्च लागेको छ ।

वैज्ञानिक सिंहका अनुसार उनी आफैँले एउटा आल्मुनियमको सिलिन्डर बनाएर त्यसलाई जडान गरेर हावाबाट चल्ने इन्जिन बनाएका छन् । त्यो इन्जिनको प्रयोग पहिला उनले बाइकमा गरे । जुन निकै सफल रह्यो । सिंहका अनुसार यो इन्जिन जडान गरेर चलाइएको बाइकले केबल ५ रुपैयाँमा ४० किलोमिटरको यात्रा आरामले सफर गर्न सकिन्छ । हावाबाट चल्ने इन्जिनले बाइकको गतिमा खासै नकारात्मक असर पारेन । यो इन्जिनिजडित बाइक प्रतिघन्टा ७०–८० को गतिमा सजिलै चलाउन सकिन्छ । सिंहले आफ्नो यो आविष्कारलाई वैधानिकता दिन भारत सरकारसमक्ष पत्र पठाएका छन् ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *