युवा उद्यमशीलता सम्मेलन-०१९ सम्पन्नः ११ बुँदे घोषणापत्र जारी

Investopaper, श्रावण ३१, २०७६

देशको अर्थतन्त्र बलियो बनाउन सरकारले युवा उद्यमशीलतामा लगानी बढाउनुपर्ने निष्कर्षसहित दुईदिने नेपाल युवा उद्यमशीलता सम्मेलन ०१९ सम्पन्न भएको छ । सम्मेलनले ४३ जिल्लाका ५ सय युवाहरूले उठाएका मागहरूलाई समेटेर ११ बुँदे घोषणपत्र जारी गरिएको छ । उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निःसर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, विनाधितो कर्जा र ब्याज अनुदानको झन्झटिलो प्रक्रिया अन्त्य गर्नुपर्नेलगायत सम्मेलनले निष्कर्ष निकालेको छ । 

प्रदेश–३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आइएमई फाउन्डेसनको सहआयोजनामा भएको    सम्मेलनको समापन सत्रमा संघीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले व्यवस्थित योजनाका साथ युवाहरूको आइडियामाथि लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले युवाहरूको सोचमाथि लगानी बढाउने र सरकारले उद्यम गर्न चाहने युवालाई सहजीकरण गर्नुपर्ने बताए । 

सम्मेलनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, योजना आयोगका उपाध्यक्षडा. पुष्प कँडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, शंकरप्रसाद कोइराला, प्रदेश–३ उद्योगमन्त्री अरुण नेपाल, पूर्वउद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, वरिष्ठ उद्यमी हरिभक्त शर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण केसी, दिलीप अग्रवाल, बैंकर किरणकुमार श्रेष्ठ, अनिलकेशरी शाह, अनुपमा खुन्जेली, प्रवीण बस्नेतलगायत ४० भन्दा बढी स्पिकरले आफ्नो धारणा व्यक्त गरेका थिए । याे समाचार नयां पत्रिका दैनिकमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *