क्रस होल्डिङमा पुनः राष्ट्र बैंकको पत्र

Investopaper, श्रावण ३१, २०७६

बैंकहरूले बुझाएको क्रस होल्डिङ विवरण चित्त बुझ्दो नभएपछि नेपाल राष्ट्र बैंकले बिहीबार बैंकहरूलाई पुनः पत्र पठाएको छ । राष्ट्र बैंकले गत १५ साउनमा एकै व्यक्ति वा समूहको लगानी भएका बैंकको क्रस होल्डिङको विवरण एक साताभित्र पठाउन बैंकहरूलाई निर्देशन दिएको थियो । क्रस होल्डिङ भएका कम्पनीलाई फोर्स मर्जर गराउने उद्देश्यले राष्ट्र बैंकले बैंकसँग क्रस होल्डिङको विवरण माग गरेको हो । राष्ट्र बैंकलाई बैंकहरूले पठाएको क्रस होल्डिङको चित्त बुझेको छैन ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘हामीलाई पठाएको विवरण चिक्तबुझ्दो छैन ।’ प्रवक्ता निरौलाका अनुसार व्यक्तिगत रूपमा रहेको क्रस होल्डिङका विवरण आए पनि कम्पनीमार्फत गरिएको लगानीको विवरण आएको छैन ।

राष्ट्र बैंकले शून्य दशमलव ५ प्रतिशतभन्दा बढी सेयर होल्डिङ भएका बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताको लगानी विवरण मागेको थियो । तर, त्यस्तो विवरण नआएकाले विवरण पठाउन पुनः पत्र पठाइएको राष्ट्र बैंकले जनाएको छ । बैंकहरूले बुझाएको विवरणमा एक व्यक्तिको लगानी २ देखि ५ वटा बैंकमा रहेको देखिएको छ । याे खवर राजधानी दैनिकमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *