प्रविधि युद्धः गुगल म्यापकाे विकल्पमा हुवावेले ल्याउँदै छ म्याप किट

Investopaper, भाद्र ०१, २०७६

चीनको विशाल प्रविधि कम्पनी हुवावेले अहिले अमेरिकी प्रतिबन्ध झेलिरहेको छ। हुवावे चीन सरकारको जासुसीको माध्यम भएकोभन्दै अमेरिकाले यस कम्पनीलाई कालोसूचीमा राखेको छ।

यस कारण हुवावे खुलेर अमेरिकी बजारमा प्रवेश गर्न सकेको छैन। अमेरिकाले प्रतिबन्ध लगाएपछि अमेरिकी कम्पनी गुगलले समेत हुवावेको स्मार्टफोनमा आफ्ना सेवाहरु बन्द गर्ने बताएको छ।

गुगलले एन्ड्रोइड ओपरेटिङ सिस्टमसमेत हुवावेलाई नदिने बताउँदै गर्दा हुवावे आफैँले नयाँ अपरेटिङ प्रणाली विकास गर्ने बताइसकेको छ। उक्त अपरेटिङ प्रणालीको नाम ‘हार्मोनीओएस’ हुने घोषणा भइसकेको छ।

यसैबीच हुवावेले नयाँ म्यापिङ सर्भिस अर्थात् विश्व नक्साको सेवा पनि संचालनमा ल्याउने भएको छ। वर्तमान विश्वमा गुगल म्यापको दबदबा छ। हामी गुगल म्यापकै सहारामा विश्व भ्रमणमा निस्कन्छौं।

अमेरिकी प्रतिबन्ध भोगिरहेको हुवावेले आफ्नै म्यापिङ सर्भिस लन्च गर्ने घोषणा गरेको छ। यसको नाम म्याप किट राखिएको छ। हुवावेले रुसको सहायतामा यसको निर्माण गरिरहेको छ। चाइना डेलीका अनुसार यस म्याप किटबाट १ सय ५० देशको नक्सा हेर्न सकिने छ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *