स्पेनिस ला लिगामा रियल मड्रिडको विजयी शुरूवात

Investopaper, भाद्र ०१, २०७६

रियल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजन जितका साथ सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा रियलले सेल्टा डी भिगोलाई उसैको मैदानमा ३–१ ले पराजित गर्‍यो । रियललाई जित दिलाउनका लागि करिम बेन्जेमा, टोनी क्रुज र लुकास भाज्क्वेजले एक–एक गोल गरेका थिए ।

१२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । रियल मड्रिडले बेच्न लागेको ग्यारेथ बेलको पासमा बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । जुन अग्रता पहिलो हाफसम्मै कायम रह्यो ।

५६औं मिनेटमा लुका मोड्रिच रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भयो । तर त्यसको असर नतिजामा परेन । 

१० खेलाडीमा झरेपछि रियलले थप दुई गोल गर्‍यो । ६१औं मिनेटमा टोनी क्रुजले मार्सेलोको पासमा गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो ।

८०औं मिनेटमा बेन्जेमाको पासमा भाज्क्वेजले गोल गरेपछि रियलले ३–० को अग्रता थियो । इन्ज्युरी समयमा सेल्टाका इकर लोसादाले गोल गरेका थिए, जुन सान्त्वता गोल बन्न पुग्यो ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *