राष्ट्रिय बीमा कम्पनीकाे खुद नाफा ७८ कराेड, जगेडा काेषमा कति ?
Investopaper, भाद्र ०२, २०७६
राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेकाे छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २३ करोड ३ लाख रुपैयाँले नाफा बढाएको हो ।
समिक्षा अवधिमा कम्पनीले ३४ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १२ करोड १७ लाख रुपैयाँले बढी हो। अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीले २२ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशन आयबाट १७ करोड ९५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट २५ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ। यसरी कम्पनीले खुद विमा शुल्कभन्दा लगानीकाे व्याजबाट बढी आम्दानी गरेकाे छ ।
विमा समितिले ताेकेकाे न्यूनतम चुक्ता पूंजी भने हालसम्म पुर्याउन सकेकाे छैन । हाल कम्पनीकाे चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ४६ करोड १३ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ७४ करोड २९ लाख रुपैयाँ सञ्चित छ।
राष्ट्रिय विमा कम्पनीका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः
- चुक्ता पूंजी २६ कराेड ६६ लाख रहेकाे छ । कुनै बृद्धी भएकाे छैन ।
- यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी (ईपिएस) २६६ रूपैया ६५ पैसा,
- प्रति सेयर नेटवर्थ १ हजार २३ रूपैंया ,
- तरलता अनुपात ३.०७ प्रतिशत,
- शेयरकाे मूल्य ९ हजार र
- मूल्य आम्दानी अनुपात ३४.६९ गुणा रहेकाे छ ।