माछापुच्छ्रे बैंकको १९ औँ वार्षिकोत्सवः बैंकका ग्राहकलाई असोज महिनाभर छुटै छुटको वहार

Investopaper, असाैज ०१, २०७६

माछापुच्छ्रे बैंक लि.ले १९ औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजनाहरु ल्याएको छ । बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ ।

यसवर्षपनि बैंकले बैंकिङ्ग कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २० औं बर्ष प्रवेशको उपलक्ष्यमा असोज महिनाभरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जनाइएकाे छ ।

बैंकले ग्राहक महानुभावहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क रुपमा खोलिदिनेछ । त्यस्तै माछापुच्छ्रे महोत्सव अन्तर्गत देशभरका भाटभटेनी सुपरमार्केटहरुमा माछापुच्छ्रे बैंक लि. को डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरीद गर्दा १० प्रतिशत सम्मको क्यास व्याक अफर सुविधा प्रदान गर्नेछ ।

यस योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ । बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको भरपुर फाईदा उठाउन इच्छुक महानुभावहरुले आफ्नो नजिकको शाखामा गई माछापुच्छ्रे महोत्सवमा सहभागी हुन सक्नुहुनेछ ।

स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि तराईसम्म आफ्ना १३७ वटा शाखाहरु, १२८ शाखा रहित बैकिङ्ग सेवा र १६० एटिएम मार्फत देशैभर सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

माछापुच्छ्रे बैंकको १९ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहकवर्ग शेयरधनि, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तक माहानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *