संविधान दिवसको उपलक्ष्यमा कृषि बैकद्धारा बिविध कार्यक्रम तथा वाताबरण संरक्षणकाे लागि आर्थिक सहयोग

Investopaper, असाैज ०४, २०७६

कृषि विकास बैंक लि. ले संविधान दिवस बिविध कार्यक्रम गरि हर्षाेल्लासकासाथ मनाएकाे छ । यस अवसरमा प्रभातफेरी, बृक्षाराेपण तथा वातावरण संरक्षणकाे लागि आर्थिक सहयोग समेत गरेकाे छ ।

मिति २०७६।०६।०३ गते कृषि विकास बैंक लि.बैकिग कार्यालय सातदोवाटो ललितपुरको आयोजकत्वमा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले ललितपुर महानगरपालिका वातावरण सुधार समिति वडा नं. १५ लाई वृक्षारोपण लगायत वातरवरण संरक्षणका निम्ति रु.१,२०,०००। को चेक उक्त समितिका संयोजक तथा १५ नं. वडासदस्य श्री महेन्द्र मानन्धरलाई हस्तान्तरण गर्नु भयो ।

बैंकका कर्मचारीहरू प्रभातफेरीमा ( प्रमुख कार्यकारी अधिकृत सहित )

उक्त कार्यक्रमका प्रमुख अतिथी ३ नं.प्रदेश सभासद श्री राजकाजी महर्जन, विशेष अतिथी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय र विशेष अतिथी कै रुपमा पूर्व सभासद श्री जनक चालिसेकाे उपस्थिति रहेकाे थियाे ।

स्थानीय नागरीकहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी श्री रामकाजी महर्जनले बृक्षारोपण तथा वातवरण संरक्षण तथा सरसफाई गर्ने कार्य जीवन संगै निरन्तर चलिरहने प्रकृया भएकोले यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन गर्दै यसलाई अभियानका रुपमा संचालन गर्नु पर्ने बताउंदै बैंकले पुर्याएको योगदानको प्रसंशा समेत गर्नु भयो ।

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा विशेष अतिथी श्री अनिल कुमार उपाध्यायले वातरवरण संरक्षणको प्रमुख आधार नै बृक्षारोपण भएकोले हामी सवैले घर, आंगन लगायत खाली जग्गामा बृक्षारोपण गर्ने कार्यलाई आत्मसात गरी अगाडी बढ्न आग्रह गर्दै आफ्नो नगर/टोललाई सुरक्षित तथा सफा हराभरा बनाउने दायित्व सबै टाेलबासी नागरीकको भएको बताउनु भयाे ।

प्रमुख कार्यकारी अधिकृत वृक्षाराेपण गर्दै

हामीहरुले आफनो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्यौ भने भोली टोल सफा हुन्छ, टोल सफा र सुरक्षीत हुंदा हामीहरुको सोचमा सकरात्मक परिवर्तन भै उत्कृष्ठ समाजको रुपमा हामी हाम्रो टोललाई चिनाउन सक्दछौ । नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे प्रमुख कार्यकारी अधिकृत नेपालले चर्चा गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा ललितपुरनगरपालिकाका वडा १५ का वडा अध्यक्ष श्री सुर्दशन मिश्र र पूर्व सभासद श्री जनक चालिसेले वातवरण संरक्षण तथा बृक्षारोपण कार्यक्रमलाई कृषि विकास बैंकले पुराएको योगदानको कदर गर्दै भविष्यमा पनि यस्तै किसिमका सहयोग पाउने अपेक्षा सहित बैंकको प्रगतिका लागि शुभकामना व्यक्त गर्नु भयो ।

सो कार्यक्रमका बैंकका का.मु.उपमहाप्रबन्धकहरु श्री प्रताप सुवेदी, श्री यज्ञप्रकाश न्यौपाने ,श्री धु्रवचन्द्र गौतम, श्री दिर्घ बहादुर अर्याल, कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौका का.मु. निर्देशक श्री करुणचन्द्र घिमिरेकाे उपस्थिति थियाे ।

यसैगरि का.मु.मुख्य शाखा प्रबन्धक श्री माधव रिजाल, श्री अनिल यादव, बैंकका प्रबक्ता श्री हिमलाल पौडेल, शाखा प्रबन्धक श्री जनार्दन न्यौपाने, श्री राजेन्द्र रानाभाट, प्रबन्धकहरु श्री राजुकार्की, श्री खेटराज दाहाल लगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो ।

उक्त कार्यक्रमको संचालन का.मु शाखा प्रबन्धक श्री शालीकराम ढकालले गर्नु भएको थियो भने शाखा कार्यालय सातदोवाटोका प्रबन्धक श्री सुदन सिलवालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *