दातृ निकायलाई रोजगारीका क्षेत्रमा लगानी बढाउन मन्त्री बिष्टको आग्रह

Investopaper, असाैज ०७, २०७६

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायलाई आग्रह गर्नुभएको छ ।

विश्व ट्रेड युनियन महासंघ अन्तरगतको ‘एशिया प्रशान्त क्षेत्रीय सम्मेलन’ को उद्घाटन गर्दै मन्त्री बिष्टले श्रमिकको हित हुने गरी रोजगारीको अवसर सृजना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउनु भयो । विश्वमा युद्ध र युद्धमा प्रयोग हुने हतियारका लागि गरिएका सबै लगानी रोजगारीको अवसर सृजना गरेर मानव जातिको हित र कल्याणका लागि उपयोग गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री बिष्टले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै एशीया प्रशान्त क्षेत्रको श्रमिकको हितमा काम गर्न नेपाल सरकार तयार रहेको बताउनु भयो । नेपालले सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कामलाई तीव्रता दिएको उहाँकाे दाबी छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *