कश्मीरमा ५.६ म्याग्निच्युडको भूकम्पकाे धक्काः धेरै धनजनकाे क्षति
Investopaper, असाैज ०८, २०७६
इस्लामाबाद : पाकिस्तान र भारतको सीमाक्षेत्रमा ५ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । धेरै धनजनकाे क्षति भएकाे छ तर पूर्ण विवरण आइसकेकाे छैन । जहाँ १९ जनाको मृत्यु भएको छ भने तीन सय भन्दा धेरै घाइते भएका छन् ।
कश्मीर क्षेत्रमा यसको बढी प्रभाव परेको छ । भूकम्पले इस्लामाबाद, अजब, कश्मीर, पेशावर, रावलपिण्डी र लाहोरमा समेत ठूलो धक्का महसुश भएको छ । ८ देखि १० सेकेण्डसम्म हल्लाएको भूकम्पले भारतका समेत केही सहरमा असर पुगेको छ ।
भारतका गुजरात, चित्राल लगायत क्षेत्रमा यसको असर परेको छ । भूकम्पका कारण ठूलो हताहत भएको बताइएको छ । तर क्षतिको यकिन विवरण आइसकेको छैन ।
यद्यपि कतिपय सहरमा ठूला पक्की सडक समेत भत्किएका छन् । अहिले दुबै तर्फका सैनिक तथा सुरक्षाकर्मीहरु प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका छन् ।
— एजेन्सी
