सिभिल वैकको नयाँ प्रडक्ट सिभिल अन्यूटी बचत योजना (Civil Annuity Deposit)
-- प्रबिन डाँगी / Investopaper, असाैज १३, २०७६
“सफल नेपाली र संमृद्ध नेपाल” भन्ने लाेकप्रिय नारा सहित सिभिल वैँक अगाडी बढिरहेको छ । सिभिल वैँक ISO ९००१; २०१५ प्रमाणीत वैक बन्न सफल भएको छ ।
बैंकहरू बीच निकै प्रतिस्पर्धा चलिरहेका वर्तमान अवस्थामा ग्राहकहरू समक्ष नयाँ नयाँ प्रडक्टहरू ल्याएर व्यापारलाइ बिस्तार गर्नु आवश्यकता नै बन्न पुगेको छ । ग्राहकहरू पनि लाभान्वित नै भएका छन् । यसै सिलसिलामा सिभिल बैंकले निकालेकाे अन्यूटी बचत याेजना साच्चिकै लाभदायक रहेको बैंकले जनाएको छ ।
यो बचत याेजना हरेक बर्गलाई ध्यानमा राखि स-साना रकम समेत जम्मा गरेर भविष्यमा इच्छाइएकाे काम वा लगानी गरि लाभान्वित हुन सकिने बैंकले जनाएको छ । याे नयाँ स्कीम / योजना का नारा “Little by Little, A Little becomes A lot– Save today for a better tomorrow” भन्ने बाट नै धेरै कुरा प्रष्ट हुन्छ ।
याे बचत याेजनालाइ बैकले बचत तथा मुद्धतिका हाइव्रिड प्रडक्टका रूपमा व्याख्या गरेका छ । प्रत्येक अग्रेजी महिनाकाे २५ तारिख देखि २७ तारिखसम्म आफूले कबाेल गरेकाे रकम बैंकमा जम्मा गर्नु पर्ने छ अन्यथा रू २५।- फाइन लाग्ने छ । न्यूनतम रकम रू ५००।- देखी स्थायी आम्दानी अनुसार जति रकम पनि जम्मा गर्न सकिने याे याेजना १२ महिना देखि ८४ महिनासम्मकाे हुने छ ।
व्यक्तिगत तथा संस्थागत दुबै ग्राहकहरू यस याेजनामा सामेल हुनसक्ने जनाइएकाे छ । मुद्धति खातामा रहेका रकममा जस्तै यस अन्यूटी बचतमा पनि ६० प्रतिशतसम्म कर्जा पाउन सकिने बैंकले जनाएको छ । कर्जामा लाग्ने व्याज समेत मुद्धतिमा जस्तै २ प्रतिशत बढी लाग्ने छ ।
बैंकले गरेका अन्यूटी प्रक्षेपण अनुसार यदी कुनै ग्राहकले प्रत्येक महिना रू. ८३५।- का दरले ८४ महिनासम्म रकम जम्मा गर्छ भने ८४ महिना पूरा भएपछि एक लाख रूपैयाँ पाउने छ । अर्थात ग्राहकले जम्मा गरेकाे कुल रकम ७०१४०।- हुन्छ भने अन्त्यमा पाउने रकम रू. १,००,०००।-
उदाहरण स्वरूप बैंकले जारी गरेका सिट यस प्रकार रहेकाे छ ।

थप जानकारीको लागी मोबाइलमा “CAD” Type गरि ३३९९३ मा पठाउन अथवा civilbank.com.np लगइन गरि बुझ्न सकिने बैंकले जनाएको छ ।
