ज्योति विकास बैंकद्वारा महाराजगंजमा वृक्षारोपण

Investopaper, असाैज १५, २०७६

ज्योति विकास बैंकले बुधबार काठमाण्डौको महाराजगंजमा वृक्षारोपण गरेको काठमाण्डौ महानगरपालिका वडा नं महाराजगंज संगको सहकार्यमा ज्योति विकास बैंकले महाराजगंज देखि न्युरो अस्पतालसम्म ४० वटा वृक्षारोपण गरेको

कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य वडा नं महाराजगंजका वडाध्यक्ष दिपक केसीले संयुक्त रुपमा वृक्ष रोपेका थिए।

काठमाण्डौ महानगरपालिकाको हरियाली प्रवर्द्धन निति अनुरुपको सो कार्यक्रममा ज्योति विकास बैंक अन्तर्गतको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले ४० वटा वृक्षारोपणको लागि सहयोग गरेको छ​। संस्थागत सामाजिक उत्तरदायित्वको हेतुले सिर्जना गरिएको ज्योति विकास बैंकको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउंदै आएको छ​।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखाहरु संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *