दंगीशरण गाउँपालिकाले निकाल्याे सूची दर्ता गराउने सूचना
Investopaper, असाैज १६, २०७६
दंगीशरण गाउँपालिका, गाउँ कार्यपालिकाकाे कार्यालय हेकुली, दाङले आर्थिक बर्ष २०७६/०७७ मा हुने खरिद कार्यमा सहभागी हुन चाहाने सबै फर्महरूलाइ सूचिकृतकाे लागि आह्वान गरेकाे छ ।
सार्वजनिक खरिद एैन तथा नियमावली अनुसार गाउँपालिकाबाट प्रवाह हुने सेवा सुबिधा, विकास निर्माण तथा लजिष्टिक खरीदकाे लागि छुट्टाछुट्टै सूची तयार गर्नु पर्ने कानूनी व्यवस्था अनुरूप सूचना प्रकाशित गरिएकाे हाे ।
विभिन्न ९ वटा उपशिर्षकमा समाविष्ट कार्यहरू गर्नकाे लागि याेग्यता पुगेका इच्छुक व्यक्ति तथा फर्महरूले रितपूर्बक सूचिकृत हुनकाे लागि सूचना प्रकाशित गरेकाे छ ।

