दशै लगत्तै आज स्थानिय बजारमा सुनचाँदीकाे मूल्य घट्याे
Investopaper, असाैज २४, २०७६
दशैभन्दा अगाडी उकालाे यात्रामा रहेकाे सुनचाँदीकाे भाउमा दशैकाे लगत्तै केही सुधार आएकाे छ । यसैगरि चाँदीमा भाउमा पनि आज अर्थात दशैपछिकाे पहिलाे दिन केही कमी भएकाे छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज असाैज २४ गते शुक्रवार छापावाला सुन प्रति ताेला ५ सय रूपैयाँले घटेर प्रतिताेला ७० हजार ४ सय रूपैयाँ कायम भएकाे छ । हिजाे असाैज १७ गते शुक्रवार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार १ सय रुपैयाँमा काराेवार भएकाे छ । तेजाबी सुनकाे मूल्यमा पनि छापावाल सुनमा जस्तै ५ सयले घटेकाे हाे ।

यसैगरी, चाँदीकाे मूल्य दशै अघि उच्च बृद्धी भएकाेमा आज केही ह्रास आएकाे छ । दशैअघि चाँदीको मूल्य प्रतितोला ८ सय ५० रूपैयाँ थियाे भने आज प्रति ताेला ५ रूपैयाँले घटेर ८ सय ४५ रूपैयाँमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
गत साउन सुरुवातदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो केही दिन घटेता पनि फेरी बढन शुरू गरेकाे छ र उपभाेक्ताकाे पहुँच बाहिर नै छ । सुनको मूल्य उच्चरूपले बढ्दा सुन कारोबार ठप्प जस्तै भएको व्यवसायीहरू बताउँछन ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । दिनदिनै घटबढ भैरहने सुनचाँदीकाे मूल्य भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।
