नेपाल र चीनबीच २० वटा समझदारीपत्रमा हस्ताक्षरः पूर्वाधार विकास देखि भगिनी सम्वन्धसम्म

Investopaper, असाैज २६, २०७६

दुई दिने भ्रमणमा हिजाे अपरान्ह नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली सहितकाे नेपाली प्रतिनिधि मण्डलको बैठक सकिएलगत्तै १७ वटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्।

सम्झौता पत्र आदानप्रदान अघि भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेतृत्व गर्नुभएको थियो । वार्ताको सुरुवात गर्नुहुँदै प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभयो । लगत्तै चिनियाँ राष्ट्रपति सीले सम्बोधन गर्नुभएपछि वार्ता औपचारिक रुपमा कार्यसूचीमा प्रवेश पाएको थियो ।

काठमाडौंको होटेल सोल्टीमा ११ बजेर १० मिनेटबाट सुरु भएको वार्ता करीब ४० मिनेट चलेको थियो । दुवै देशका नेताहरूकाे गहन छलफलपछि १७ वटा वुँदाहरूमा समझदारी भएकाे थियाे । राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि मण्डलको छलफलपछि समझदारी बनेको हो।

समझदारी भएका बिषयहरूमा पूर्वाधार निर्माण देखी दुइ देशका शहरहरूवीच भगिनी सम्वन्ध कायम गर्नेसम्म रहेकाछन । चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा दुवै देशका परराष्ट्र मन्त्री र सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरुले समझदारी पत्र आदान प्रदान गर्नुभयो ।

नेपालर चीन बीच भएका समझदारीहरू यसप्रकार छन –

  • केरुङ काठमाडौं रेलमार्गको डिपिआर निर्माण,
  • टोखा- छहरे र वेत्रावति- स्याफ्रुबेसी  सुरुङमार्ग,
  • काठमाडौं महानगर र चीनकाे नान्सी शहरबीच भगिनी सम्वन्ध,
  • बुटवल उपमहानगर र सियानबीच भगिनी सम्बन्ध स्थापना,
  • हिमालय वारपार सम्पर्क सञ्जाल निर्माण सम्बन्धमा समझदारी,
  • सीमा सुरक्षा सामग्रीसम्बन्धी समझदारी,
  • आपराधिक गतिविधि नियन्त्रणमा समझदारी,
  • आयुर्वेदिक उपचार पद्धति विस्तारमा समझदारी,
  • व्यापार सहजीकरणका लागि संयन्त्र बनाउने सहमति,
  • सिट्रस जातका फलफूल निर्यात सम्वन्धि सहमति,
  • नेपाल र चीनबीच सगरमाथा/झुमुलाङमा संरक्षण बारे सहमति,
  • विपद् जोखिम न्यूनीकरण सम्वन्धि सहयाेग,
  • अरनिको सडक स्तरोन्नती र
  • त्रिवि कन्फ्युसियस इन्स्टिच्यट खोल्न चीनको कन्फ्युसियस विश्वविद्यालयसँग समझदारी भएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *