चिनियाँ राष्ट्रपति सी भ्रमण पूरा गरी स्वदेश फिर्ता
Investopaper, असाैज २६, २०७६
नेपालकाे दुई दिने राजकीय भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङ भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । वहाँ शनिवार अपरान्ह काठमाडौं आइपुग्नु भएको थियो ।
उहाँलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका उच्च पदाधिकारीले विदाइ गर्नुभएको थियो । साे अबसरमा नेपाली सेनाकाे टुकडीले विदाइ सलामी समेत अर्पण गरेकाे थियाे ।
अाज विहान दुवै देशका नेताहरूकाे समुपस्थितिमा नेपाल र चीनबीच विविध विषयमा सहयोग आदानप्रदान सम्बन्धी २० वटा समझदारीपत्र तथा सम्झौताहरूमा हस्ताक्षर भएको थियो ।
