आइसिसी टि–ट्वान्टी रेटिगं – २०१९ मा नेपाली पुरूष टिमकाे स्थान खस्कियाे

Investopaper, असाैज २७, २०७६

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाली पुरूष टिम गत बर्षभन्दा दुइ स्थान तल खस्किएकाे छ । आइसिसीले सार्वजनिक गरेको पुरूष टि–ट्वान्टी क्रिकेटको वरीयतामा नेपाल १३औँ स्थानमा रहेको हो ।

यसअघि आइसिसी वरीयतामा नेपाल ११औँ स्थानमा थियो । नयाँ वरीयताअनुसार नेपालले कुल २१ खेलबाट १९० रेटिङ अँक पाएको छ । नयाँ वरीयतामा पाकिस्तान पहिलो, इङ्ग्ल्याण्ड दोस्रो तथा साउथ अफ्रिका, भारत र अष्ट्रेलिया क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

आइसिसीको टि–ट्वान्टी पुरूष खेलाडीको वरीयतामा नेपालका पारस खडका, सन्दीप लामिछाने, करण केसी, बशन्त रेग्मी, साेमपाल कामी र अविनाश बाेहरा १०० जनाभित्र समावेश भएका छन् ।

नेपालका कप्तान पारस खडका अलराउण्डरतर्फ १०८ अँक सहित २४औँ स्थानमा छन् भने ब्याटिङतर्फ ४६६ अँककासाथ ४५औँ स्थानमा उक्लिएका छन । बलिङतर्फ सन्दीप लामिछाने ६४औँ स्थानमा छन भने साेमपाल कामी ६८औँ स्थानमा परेका छन ।

साेमपाल कामी अलराउण्डतर्फ ६०औँ स्थानमा छन भने करण केसि ७७औँ स्थानमा समाविष्ट भएका छन । बलिङतर्फ बशन्त रेग्मी तथा अविनाश बाेहरा क्रमशः ८९औँ स्थान र १००औँ स्थानमा परेका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *