माईतिघर मण्डलाको पूर्ण संरक्षण तथा सम्वर्धनमा कृषि विकास बैंक
Investopaper, असाैज २७, २०७६
छिमेकी राष्ट्र चीनका महामहिम राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणकाे अवसरमा कृषि विकास बैंक लि.ले माईतिघरमण्डलामा नेपाली संस्कृति झलकिने गरी रङगोली सहितका चित्र आकर्षण ढंगले निर्माण गरेकाे छ ।
मण्डलामा आकर्षक फूलका विरुवाहरुका साथै फलफुलको विरुवा समेत लगाईएको छ जसले मण्डलालाई हरावरा वनाएको छ । रातको समयमा ईलेक्ट्रीक डिस्प्ले वोर्डमा भएको वृतचित्रले नेपालको संस्कृतीलाई समेटेको देख्दा छुट्टै आनन्दको महसुस गरीएको थियो ।
चीनका महामहिम राष्ट्रपति लगायत सम्पूर्ण पाहुनाहरुको समेत माईतिघरमण्डलाकाे साैदर्यले आकर्षण गरेको थियाे । बर्षाैदेखि कृषि विकास बैंकले संरक्षण र सम्वर्धन गरिरहेकाे माईतिघर मण्डला आम मानिसको सेल्फि खिच्ने केन्द्र विन्दु समेत भएको छ ।
