एनएमबि लघुवित्तको वित्तीय विवरण सार्वजनिक, व्यवसायमा उल्लेखनिय प्रगति
Investopaper, कार्तिक ०४, २०७६
एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७६/०७७ को प्रथम त्रैमासमा एक करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो अघिल्लो आवको यसै अवधिको तुलनामा एक करोड ४२ लाख रुपैयाँले धेरै हो।
अघिल्लो आवको यसै अवधिमा लघुवित्तले १० लाख १७ हजार खुद मुनाफा आर्जन गरेको थियो। अघिल्लो आवमा खराब कर्जा नोक्सानी वापत रकम व्यवस्थापन गर्दा लघुवित्तको खुद नाफा उल्लेखनीय रुपमा घटेको थियो।
असोज मसान्तसम्म लघुवित्तले एक अर्ब १८ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट २ अर्ब १९ करोड ९१ लाख रुपैयाँ सापटी लिएको छ। यसबाट लघुवित्तले ३ अर्ब १८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ९९ लाख रुपैयाँ आर्जन भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १ करोड ५८ लाख रुपैयाँ धेरै हो।
एनएमबि लघुवित्तकाे प्रथम त्रैमासिकका प्रमुख वित्तीय सूचकाँकहरूः
- कम्पनीकाे चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँ रहेको छ,
- वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा कायम भएको छ,
- जगेडा कोषमा १६ करोड २६ लाख रुपैयाँ सञ्चित छ,
- प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३९ पैसा रहेको छ,
- निष्कृय कर्जा अनुपात २.२७ प्रतिशत रहेकाे छ,
- काेषकाे लागत १०.१२ प्रतिशत रहेकाे छ,
- कर्जा नोक्सानी व्यवस्था ३१ लाख २८ हजार गरेको छ,
- लघुवित्तको मूल्य आम्दानी अनुपात २८.५४ गुणा बढी छ।
१ः१.५ को अनुपातमा हकप्रद जारी गर्न लागेकाे लघुवित्तले कार्तिक ७ गते बुकक्लोज मिति तोकेको छ । हकप्रद पश्चात लघुवित्तको चुक्ता पूँजी ४० करोड ५० लाख १५ हजार रुपैयाँ पुग्नेछ।
अग्रेजीमा प्रकाशित समाचार पढनकाे लागि यहाँ क्लिक गर्नुहाेस ।
