आरएमडिसी लघुवित्तको लाभांश घाेषणाः बाेनस कति ?
Investopaper, कार्तिक ०७, २०७६
आरएमडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७५/०७६ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । अघिल्लो आवमा २० प्रतिशत लाभांश दिएकाेमा यसपटक २५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
लघुवित्तको कार्तिक ७ गते विहान ८.३० मा बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन्।
हाल ७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी ८९ करोड ९३ लाख रुपैयाँ पूग्नेछ।
थोक कर्जा प्रवाह गर्ने लघुवित्तले गत आर्थिक वर्षमा ३३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा कायम गरेको थियो।

