‘डुइङ बिजनेस’ प्रतिवेदनमा नेपालकाे प्रगति, १६ स्थान माथि उक्लियो

Investopaper, कार्तिक ०७, २०७६

विश्व बैंकले प्रकाशित गरेको ‘डुइङ बिजनेस’ प्रतिवेदन अनुसार सन् २०२० का लागि नेपाल १६ स्थान माथि उक्लिएको छ। गत वर्ष ११० औं स्थानमा रहेको नेपालले १६ अंक सुधार गर्दै ९४ नम्बरमा आफुलाई कायम गरेको हो।

नेपालले १० सुचकाङ्क मध्ये ५ मा सुधार सुधार गरेको छ ।  ३ सुचकांकमा गिरावट आएको छ भने २ मा स्थीर रहेको छ  । यसरी नेपाल दक्षिण एशियाको तेस्रो सहज व्यावसायिक वातावरण भएको मुलुक बनेको छ। दक्षिण एसियाको हकमा ६३ स्थानमा रहेको भारत पहिलो र ८९ स्थानमा रहेको भुटान दोस्रो स्थानमा छ ।

विश्व बैंकले १९० वटा मुलुकमा गरेको अध्ययनमा १०० मा ६३.२० अंक प्राप्त गर्दै नेपाल ९४ औं स्थानमा उक्लिएको हो। गत वर्ष नेपाल २०१८ काे भन्दा तल झर्दै ११० औ स्थानमा रहेको थियो।

लगानीकाे वातावरणमा राम्रो सुधार गर्ने विश्वका २० देशमध्ये ३ देश दक्षिण एसियाकै रहेका छन् । भारत पाकिस्तान र बंगलादेश सुधार गर्ने शीर्ष २० मा रहेका छन् । विश्वका दश देशहरु साउदी अरेबिया, जोर्डन, टोगो,बहराइन, ताजकिस्तान, पाकिस्तान, कुवेत, चीन, भारत, र नाइजेरिया उल्लेखनीय रुपमा वृद्धि हासिल गर्ने देशहरुमा परेका छन्।

प्रतिवेदनमा उल्लेखभए अनुसार न्युजल्याण्ड ८६.८ नम्बरको साथ पहिलो नम्बरमा रहेको छ भने शिर्ष दश देशहरूमा क्रमश सिङ्गापुर, हङ्गकङ, डेनमार्क, दक्षिण कारिया, अमेरिका, जर्जिया, बेलायत र नर्वे परेका छन्। यसैगरि २० अंकको साथ सोमालिया सबैभन्दा पुच्छार १९० औं देशमा रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *