एकीकृत निर्देशन-२०७६ प्रकाशितः बहुवर्षीय कर्जाकाे हकमा स्थिर ब्याजदर रोज्न पाइने

Investopaper, कार्तिक १६, २०७६

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशनमा भएकाे संशाेधनलाइ समेटेर एकीकृत निर्देशन – २०७६ प्रकाशित गरेकाे छ । उक्त निर्देशिका अनुसार कर्जा ग्राहकसंगकाे सहमतिमा कर्जा अवधिभर स्थिर ब्याजदर राख्ने विकल्प रोज्न पाइने व्यवस्था गरेको हाे ।

राष्ट्र बैंकले १ वर्षभन्दा बढी भुक्तानी अवधि भएको आवधिक प्रकृतिको कर्जाको लागि तोकिएको अवधिभर ब्याजदर परिवर्तन नहुने गरी ऋणी संगको सहमतिमा स्थिर ब्याजदर तोक्न सकिने व्यवस्था गरेको हो ।

स्थिर ब्याजदर तोकिएको अवस्थामा ऋण अवधिभर बैंकको ब्याजदर परिवर्तन भएपनि ऋणको ब्याजदर परिवर्तन गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले निर्देशिकाको इजाजत प्राप्त निर्देशन नं. १५ – ०७६ को कर्जाकाे व्याजदर बुँदा नं. ३ को (५) नं. मा स्थिर व्याजदरकाे व्यवस्था गरिएकाे छ । यसका साथै कर्जाकाे प्रिमियम दर परिवर्तन गर्दा अर्धवार्षिक रूपमा परिवर्तन गर्न सकिने प्राबधान भएता पनि प्रिमियम दर घटाउनु पर्ने भएमा अर्धवार्षिक भन्दा कम अवधिमा पनि परिवर्तन गर्न सकिने व्यवस्था थप गरिएकाे छ ।

यसैगरि त्रैमासिक रूपमा आधारदरमा परिवर्तन हुँदा ब्याजदर परिवर्तन हुने अथवा नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा नै स्पष्ट रूपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गरेको छ ।

इ.प्रा. निर्देशन नं. १५ / ०७६ व्याजदर सम्वन्धि व्यवस्था

एकीकृत निर्देशन – २०७६ काे पूर्ण पाठकाे लागि यहाँ क्लिक गर्नुहाेस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *