संगीतले क्यान्सरकाे पीडा समेत कम गर्ने अनुसन्धानकाे दावा

Investopaper, कार्तिक २०, २०७६

दिनहुँ ३० मिनेट संगीतमा रमाउँदा क्यान्सर रोगीको पीडा कम हुने ताइवानका वैज्ञानिकले पत्ता लगाएका छन्। अनुसन्धानकर्ताका अनुसार क्यान्सर रोगीले गीत सुन्दा मस्तिष्कमा एक प्रकारको रसायन जाग्छ । त्यसपछि खुसी र सकारात्मक सोच जगाउन मद्दत गर्छ। 

ताइवानको युआन्स जनरल अस्पतालमा भएको खोजअनुसार क्यान्सर उपचारका क्रममा बिरामीले धेरै सकस र दुखाइ सहनुपर्छ। यस्तो अवस्थामा दिनको ३० मिनेट संगीत सुन्दा मस्तिष्कबाट एंडोर्फिन, डोपामाइन र सेरोटोनिन जस्ता हार्मोन कमजोर हुन्छन् र बिरामीलाई खुसी महसुस हुन्छ। 

शास्त्रीय र धार्मिक संगीतको फाइदा

संगीत धेरै प्रकारका हुन्छन्। शास्त्रीय र धार्मिक संगीत सुन्दा क्यान्सर रोगीलाई फाइदा हुन्छ। अनुसन्धानकर्ताका अनुसार ब्रेस्ट क्यान्सर पीडित ६० महिलालाई प्राकृतिक संगीत अर्थात् नदीको पानीको आवाज सुनाइएको थियो। यसबाट कुनै राम्रो असर हुन सकेन। तर शास्त्रीय र धार्मिक संगीतको प्रयोगले बिरामीमा उत्साह र खुसी देखियो। 

शोधकर्ता डा. फेंगजीका अनुसार ब्रिटेनमा हरेक वर्ष तीन लाख ६० हजार र अमेरिकामा १८ लाख क्यान्सर रोगीको उपचार हुन्छ । यस्ता रोगीको जीवन राम्रो र खुसी बनाउन संगीतको प्रमुख भूमिका हुन्छ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *