आफ्नै कर्मचारीसँगकाे प्रेम सम्वन्धले सिइओ स्टिभ इस्टरकाे जागीर चट

रासस/एएफपी, कार्तिक २०, २०७६

न्यूयोर्क। अमेरिकी प्रसिद्ध रेष्टुरेण्ट कम्पनी म्याक्डोनाल्ड्सले उसको प्रमुख कार्यकारी स्टिभ इस्टर ब्रुकलाई पदबाट हटाएको जनाएको छ।

आइतबार भएको निर्णयअनुसार ब्रुकको स्थानमा म्याकडोनाल्डले कम्पनीको अमेरिका प्रमुख (अध्यक्ष) क्रिस केम्पजिन्स्कीलाई नियुक्त गरिसकेको छ। केम्पजिन्स्की म्याकडोनाल्डको संचालक समितिको निर्वाचित निर्देशकमध्ये एक हुन्। आफ्नै कार्यालयका कार्यरत एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको सूचना बाहिरिएपछि ब्रुकलाई जिम्मेवारीबाट हटाएको हो।

ब्रुकले कर्मचारीसँग सहमतिमा नै प्रेमसम्बन्ध राखेको भएपनि कम्पनीको नेतृत्वमा रहेर कम्पनीको अनुशासन र नीति उल्लङ्घन गरेको आरोप लगाइएको छ। कर्मचारीसँग प्रेम सम्बन्ध गाँस्ने कुरा कमजोर निर्णय क्षमता भएको उनीमाथि कम्पनीले आरोप लगाएको छ। ब्रुकले पनि महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको महशुस भएको र कम्पनीको मूल्य र मान्यतालाई ध्यान दिँदै जागिर छोड्न बोर्डसँग सहमति समेत गरिसकेको उनले बताए।

बेलायती नागरिक ब्रुकले श्रीमतीसँग भने सम्बन्ध विच्छेद गरिसकेका छन्। ५२ वर्षीय ब्रुकले सन् १९९३ मा लन्डनमा म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा कम्पनीमा काम थालेका थिए। २०१५ मा म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी नियुक्त भएका थिए। ब्रुकले म्याक्डोनल्ड्सको ख्यातीलाई नयाँ नयाँ योजना र सेवाका सूचीद्वारा कम्पनीलाई उचाइमा पुर्याएका थिए। उनको नेतृत्वबाट कम्पनीको शेयर मूल्यमा निकै वृद्धि भएको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *