मर्जरपछि पनि शाइन रेसुङ्गाले गर्यो सन्ताेषजनक प्रगति

Investopaper, मंसिर ०२, २०७६

दुइवटा विकास बैंकहरूलाई आफुमा गाभेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे प्रगति सन्ताेषजनक देखिएकाे छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राम्राे व्यवसाय बिस्तार गरेकाे वैंकले खुद नाफा ३२.३८ प्रतिशले बढाएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ३२.३८ प्रतिशतले बृद्धीगरि १२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ।

समीक्षा अवधिमा बैंकले २६ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। यसरी निक्षेप तर्फ ७०.२० प्रतिशत र कर्जा लगानी तर्फ ६८ प्रतिशतले सुधार ल्याएकाे छ ।

यसैगरि बैंकको खुद ब्याज आम्दानी ६१.४६ प्रतिशतले बृद्धी भएकाे छ । गत बर्षकाे खुद ब्याज आम्दानी २० करोड १३ लाख रुपैयाँबाट बढेर ३२ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले हासिल गरेका प्रमुख बित्तीय सूचकांकहरूः

  • बैंककाे चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
  • बैंकले जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ राखेको छ।
  • बैंकको खराव कर्जा ०.४५ प्रतिशत रहेकाे छ।
  • प्रतिशेयर आम्दानी १९ रुपैयाँ १२ पैसा रहेको छ ।
  • बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५० पैसा र
  • मूल्य आम्दानी अनुपात १३.२३ गुणा छ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले असोज २७ गते सोमबारदेखि पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ती गरि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार थालेको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *